आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना महामारी विरुद्धको लडाईमा सहयोगको हात बढाउँदै मायादेवी च्यारिटेबल फाउण्डेशन
भर्खरै

कोरोना महामारी विरुद्धको लडाईमा सहयोगको हात बढाउँदै मायादेवी च्यारिटेबल फाउण्डेशन

  • सिधा दृष्टी आइतवार, जेष्ठ ९, २०७८ | May 23, 2021

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर स्थित सामाजिक काममा ख्यातीप्राप्त संस्था मायादेवी च्यारिटेबल फाण्डेशनले कोरोना महामारीको समयमा सहयोगको हात अघि बढाइरहेको छ । महामारीविरुद्धको लडाईमा संस्थाले गरेको पछिल्लो उदाहरण हो, भैरहवास्थित भीम अस्पतालका लागि गरेको सहयोग । संस्थाले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनार्थ ५१ हजार रुपैयाँ सहयोग गरेको हो । त्यस्तै ४० थान मेडिकल बेटसिट र ३० थान बिरामीका लागि मेडिकल गाउन खरिद गर्न थप रकम पनि फाउण्डेशनले उपलब्ध गराएको छ । अक्सिजन प्लान्ट राख्न, मेडिकल बेटसिट र बिरामीका लागि गाउन खरिदका लागि

जम्मा जम्मी ५४ हजार ४ सय ६० रुपैयाँ सहयोग गरिएको फाउण्डेशनले जानकारी दिएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि थोरै भएपनि योगदान गर्ने उद्येश्यले संस्थाको तर्फबाट नगद सहयोग गरिएको फाउण्डेशनका अध्यक्ष रविकुमार रौनियारले जानकारी दिए । महामारीको विषम परिस्थितिमा स्वास्थ्य संस्थालाई सहयोग गर्न आफ्नो फाउण्डेशन तयार रहेको अध्यक्ष रौनियारको भनाइ छ ।

आइतवार आयोजित कार्यक्रममा अध्यक्ष रौनियारले ५१ हजारको चेक र मेडिकल सामग्री भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शकुन्तला गुप्तालाई हस्तान्तरण गरे ।
फाउण्डेशनका तर्फबाट सहयोग ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष भण्डारीले महामारीको समयमा मायादेवी च्यारिटेबल फाउण्डेशनको सहयोगबाट अस्पताललाई धेरै उत्साहित बनाइएको धारणा राखे ।

विकास समितिले अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै आइसीयू, भेन्टिलेटर को संख्या पनि थप्ने निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । विरामीको उपचारमा खटिएका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी दिनरात नभनी खटिएको भन्दै अध्यक्ष भण्डारीले प्रशंसा पनि गरे ।
हस्तान्तरण कार्यक्रममा अस्पतालका कोभिड फोकल पर्सन डाक्टर आरिफ हुसेन, मायादेवी च्यारिटेबल फाउण्डेशनका सदस्य विरेन्द्र ज्ञवाली , प्रवेश कुमार कर्ण लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय