सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • हवाइजहाजमा यात्रुका लागि अब नेपाली दूध
पर्यटन

हवाइजहाजमा यात्रुका लागि अब नेपाली दूध

  • सिधा दृष्टी आइतवार, जेष्ठ ९, २०७८ | May 23, 2021

काठमाडौं । नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।  कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल वायुसेवा निगमसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानका कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिइन् ।

नेपालमा एक अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन छन् । नेपालमा अहिले ३० एयरलाइन्स

कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् । हवाइजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने  संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय