गायक प्रवेशमान शाक्य आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
‘कसैको हुन्छ प्यारै प्यार कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा…’ शीर्षकका गीतमार्फत गायक शाक्य लामो समयपछि दर्शक तथा स्रोतामाझ आएका हुन् ।
यसपटक गायक शाक्यले आफ्नै संगीत निर्देशनको गीत गाएका हुन् ।
यी गीतका शब्दहरु डा.उषा अमात्य श्रेष्ठद्वारा रचना गरिएका छन् ।
यो गीतलाई भूपालमान सिंहले संगीत संयोजन गरेका छन् ।
हाइलाइट्नेपालको यूटुयुबमार्फत सार्वजनिक भएको उक्त रोमान्टिक गीतको म्युजिक भिडियोलाई कन्सर्टको थिममा तयार
पारिएको छ ।
गीतको भिडियोलाई गायक शाक्य आफैंले निर्देशन गरेका हुन् ।
उमंग शाही यो भिडियोका डिओपी हुन् भने अमर चित्रकार, रोजेन शाक्य तथा मनिष भुजेलले यसलाई छायांकन गरेका छन् ।
उक्त भिडियोलाई अमर चित्रकारले सम्पादन गरेका हुन् ।
लिटिल स्टार रेकर्ड्सले यो गीत तथा भिडियो उत्पादन गरेको हो ।