सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निर्वाचन घोषणा अमानवीय क्रुरता : विवेकशील साझा
भर्खरै

निर्वाचन घोषणा अमानवीय क्रुरता : विवेकशील साझा

  • सिधा दृष्टी आइतवार, जेष्ठ ९, २०७८ | May 23, 2021

काठमाडौँ ।  विवेकशील साझा पार्टीले संसद् विघटनको कदम संविधान र लोकतन्त्रको हत्या गरी अधिनायकवादी शैलीमा शासन सत्ता संचालन गर्न खोजेको टिप्पणी गरेको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणा गर्नु कोभिड महामारीको बेला मानवीय संवेदनाहीन क्रुरता भनेको छ ।

साझाले सर्वोच्च अदालतले संसद् विघटनबारे यसअघि जस्तै यस पटक पनि संवैधानिक सर्वोच्चता र लोकतन्त्रको पक्षमा फैसला गर्नेमा विश्वास समेत व्यक्त गरेको

छ ।कोभिड–१९ ले मुलुक आक्रान्त भएको बेला औषधी, अक्सिजन, अस्पताल९शैया नपाएर नागरिकहरू रोइरहेका बेला निर्वाचनको घोषणा गर्नु मानवीय संवेदनाहीन क्रुरता हो, विवेकशील साझाले भनेको छ ।

विवेकशील साझाले प्रधानमन्त्री र राष्ट्रपतिले साँठगाँठ पूर्ण ढङ्गबाट लोकतन्त्र विरुद्ध गरिरहेको निरन्तर प्रहारको एकताबद्ध भएर विरोध गर्न राजनीतिक दलहरूलाई आह्वान समेत गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय