धादिङ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका सिडिओहरु र सुरक्षाका अंगहरुलाई कोरोना रोकथामको लागि लकडाउनलाई प्रभावकारी कार्यान्वयनका लागि मानिसहरुलाई घरबाहिर पनि निस्कन नदिनु भनेर परिपत्र गरि सकेको छ ।
तर यता धादिङमा भने जिल्ला प्रशासन धादिङले लगाएको लकडाउन फितलो बन्दै गएको देखिएको छ । अत्यावश्यक सेवा प्रवाह बाहेकका सम्पूर्ण पसलहरु समेत निर्वाध रुपमा खुल्ला हुँदा पनि प्रशासन मुकदर्शक बनेको छ ।
विशेषत धादिङबेसी र पृथ्वी राजमार्ग लगायतका पसल - व्यवसाय
गर्नेहरुले लकडाउनको पूर्ण उल्लङ्घन गरेको देख्न सकिन्छ । यहाँका टोल सुधार समिति तथा स्थानीयहरुले पनि लकडाउन उलङ्घनका विषयमा केहि बोल्ने गरेको देखिएको छैन ।
लकडाउन फितलो बन्दै जाँदा जिल्ला प्रशासनले भने आज देखि बैंक तथा वित्तिय संस्थाहरु आज देखि एक साताको लागि बन्द गराएको सूचना जारी गरि सकेको छ ।