मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । आज देशभर बदली हुने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
भोलि प्रदेश १ र बाँकी पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना छ । त्यस्तै देशका केही स्थानमा बादल लाग्ने छ ।
मंगलबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ
गर्जनसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।