सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अस्पतालमा निशुल्क अस्थायी आइसोलेसन सेन्टरको सेवा शुरु
भर्खरै

अस्पतालमा निशुल्क अस्थायी आइसोलेसन सेन्टरको सेवा शुरु

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौँ । काठमाडौँ चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीको उपस्थितिमा च न पा -१२ बलम्बुमा रहेको अस्पतालमा निशुल्क अस्थायी आइसोलेसन सेन्टरको सेवा शुरु गरेको छ।

अक्सिजन सहितको उक्त आइसोलेसन सेन्टरले तत्काल १० बेडबाट सेवा शुरु गर्ने र आवस्यकता अनुसार क्षमता बढाउन सकिने वडा १२ का वडाध्यक्ष प्रकाश श्रेस्ठले जानकारी दिनुभयो। यस संगै चन्द्रागिरि नगरपालिकामा मातातिर्थ सामुदायिक अस्पतालमा बनेको नगरस्तरीय आइसोलेसन सेन्टर र थानकोट प्राथमिक अस्पताल अन्तर्गत वडा नं ३ को नवनिर्मित भवनमा बनेको आइसोलेसन सेन्टर गरि ३ स्थान बाट नगरबासीले स्वास्थ्य

सेवा प्राप्त गर्ने नगर प्रमुख गिरीले बताउनु भयो।

समुदाय स्तरबाट संचालन हुने उक्त बलम्बुको आइसोलेसन सेन्टरमा बिकाश महर्जनको संयोजकत्वमा गठन भएको हो ब्यबस्थापन समितिले दैनिक सेवा सञ्चालन र ब्यबस्थापनको जिम्मेवारी बहन गरेको छ। सोही कार्यक्रमा नगर उप प्रमुख लिशा नकर्मी, वरिष्ठ डा सुवास घिमिरे, लायन्स क्लब अफ चन्द्रागिरिका अध्यक्ष जयराम प्रसाद लुइँटेल तथा समितिका पदाधिकारीहरु नेपाल तरुण दल काठमाडौं क्षेत्र नं १० सभापति ईश्वर लामा समाज सेवि राजु लामा नेपाल तरुण दल चन्दागिरि नगर प्रचार प्रसार विभाग प्रमुख अभिषेक श्रेष्ठ लगायतका पदअधिकारीको उपस्थितिमा सेवा संचालनको शुरूवात गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय