आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा
भर्खरै

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् । शनिबार वक्तव्य जारी गर्दै सभामुख सपकोटाले संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको दाबी गरेका हुन् ।

उनले भनेका छन्, ‘फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन भनेको स्मरणीय छ ।’

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको समेत उनले बताएका छन् ।

उनले अघि भने, ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय