सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • खोलाले बगाउँदा श्रीमान/श्रीमती दुबैको मृत्यु
भर्खरै

खोलाले बगाउँदा श्रीमान/श्रीमती दुबैको मृत्यु

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

धादिङ । धादिङमा आँखुखोलाले बगाउदा २ जनाको मृत्यु भएको छ । नेत्रावती डबजोङ गाउँपालिका र गंगाजमुना गाउँपालिकाको सिमानामा रहेको आँखु खोलाले बगाउदा एकै परिवारका २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहान साढे ७ बजेको समयमा आँखु खोला तर्ने क्रममा श्रीमान् ६२ वर्षिय

लुर बहादुर गुरुङ र श्रीमती ६० वर्षिया असारी माया गुरुङलाई खोलाले बगाएको अवस्थामा २ सय मिटर तल पाखामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय