शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि
भर्खरै

उपत्यकामा २,३२८ जनामा संक्रमण पुष्टि

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन् । आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन् ।

शनिबार देशभरमा भने ८,९८० जना संक्रमित भेटिएका छन् । शनिबार एकै दिन ८,८४८ जना

कोरोना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय