बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ८ हजार ९८० संक्रमित थपिए : १२९ जनाको मृत्यु
भर्खरै

८ हजार ९८० संक्रमित थपिए : १२९ जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार ८४८ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनजसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ८३ हजार ६८४ जना पुगेको छ।

त्यसैगरी २४ घण्टामा १२९ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार १ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आठ हजार ९८० जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख

५ हजार ६४३ पुगेको छ। अहिले सक्रिय संक्रमित एक लाख १५ हजार ८०६ रहेका छन्। 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय