आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् : पूर्वउपप्रधानमन्त्री डा. कोइराला
भर्खरै

वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् : पूर्वउपप्रधानमन्त्री डा. कोइराला

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन् ।

महामन्त्री डा कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दावी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाए ।

निवर्तमान सांसद डा कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन् । कांग्रेस नेतृ सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको

प्रहार भएको बताएकी छन् ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति जारी गरी देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् भङ्ग गरेर मध्यावधि चुनावको मिति तोक्नु दूर्भाग्यपूर्ण भएको बताइन् ।

निवर्तमान सांसद कोइरालाले कोरोना महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने बताए । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरिनु लोकतन्त्र र संविधानमाथि हमला भएको बताएको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी सिङ्गो मुलुक कोरोना कहरले आक्रान्त भएको र हजारौँ नागरिकले ज्यान गुमाइरहेका बेलामा जनताको आवाज उठाउने थलो संसद् विघटनबाट देशलाई अन्योल र अराजकतातर्फ धकेल्ने विचार व्यक्त गरेका छन् ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले पनि कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय