काठमाडौं। विपक्षी गठबन्धनले प्रतिनिधिसभाको विघटन र नयाँ चुनावको घोषणाले मुलुकमा नयाँ राजनीतिक धुर्वीकरण भएर जटिलतातर्फ धेकेलिएको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकीतर्फबाट दुर्गा पौडेलको हस्ताक्षर रहेको छ।
उनीहरुले असंवैधानिक कदमको राजनीतिक र कानूनी रुपले सशक्त प्रतिवाद गर्ने उल्लेख गरेका छन।