शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्वीट्जरल्याण्डले नेपाललाई दियो ४० भेन्टिलेटरसहित कोरोनाविरुद्ध लड्न ९४ करोड बराबरको सहयोग
भर्खरै

स्वीट्जरल्याण्डले नेपाललाई दियो ४० भेन्टिलेटरसहित कोरोनाविरुद्ध लड्न ९४ करोड बराबरको सहयोग

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

नेपाललाई कोरोना संकटसँग जुद्धन स्वीट्जरल्याण्डले ९४ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ ।

स्वीट्जरल्याण्डबाट स्वास्थ्य सामग्रीसहितको कार्गो विमान शनिबार काठमाडौंमा अवतरण गरेको छ । स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले ती सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छिन् ।

स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन ९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।

नेपाल सरकारलाई सामग्री हस्तान्तरण गर्दै राजदूत क्यापेलरले भनिन्, 'स्वीट्जरल्याण्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा

नेपाल र नेपालीहरूसँग ऐक्यबद्धतामा उभिन्छ । यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउँछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई थप सघाउ पुर्‍याउनेछ ।'

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय