शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
भर्खरै

करेन्ट लागेर दुईको मृत्यु

  • सिधा दृष्टी शनिबार, जेष्ठ ८, २०७८ | May 22, 2021

सप्तरीको रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–३ हर्दिया गाउँका सन्तोष यादवको २४ वर्षीया श्रीमती अमृतादेवी यादव रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन् । करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल

लैजाँदा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

यस्तै सप्तरीको शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय