धादिङ्ग । धादिङ्ग जिल्ला धुनिबेशी नगरपालिका वडा न २ छत्रेपाटीमा जन्मनु भएका कलाकार अनि युवा नेता तथा समाजसेवी मधु कुमार श्रेष्ठ कोभिड अर्थात कोरोना भाइरस संक्रमित उद्वारमा जुट्नु भएको छ । उनी यति खेर गरिव बिपन्न अनि स्थानीय सरकारको नजर नपुगेका बिपन्न अनि गरिवको घर घरमा पुगि घर दैलो डाक्टर सहित स्वास्थ्य जाँच गरि औषधि समेत बितरण गर्दै सेवा दिदै आउनु भएको छ । कोभिड संक्रमणवाट अक्सिजन नपाएका बिमारीलाई समेत अक्सिजन बितरण गर्दै घर दैलो पुग्नु साथै फुल बितरण गर्नु
भएको छ । कोभिड संक्रमित भएका बिमारीलाई मनोबल बढाउनको लागि फुल दिएर न आतिन मनोबल बढाउन यस्तो अभियान थालेको कलाकार श्रेष्ठले बताए । कोभिड अर्थात कोरोना संक्रमीत बिमारीको उद्वारको लागि सुबिधा आम्पन्न एम्बुलेन्स संचालन गर्नु भएको छ । जुन एम्बुलेन्समा शौचालय टेलिभिजन र आरामदायि सिटको ब्यबस्था भएको एम्बुलेन्स धादिङ्ग र काठमाडौ लक्षित सेवा दिदै आएको छ ।
कलाकार मधु कुमार श्रेष्ठले कला क्षेत्र संगै राजनितिलाई पनि अघि सर्दै आउनु भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका श्रेष्ठ धादिङ्ग क्षेत्र नं १ को प्रदेशसभा क बाट प्रत्यासी उमेदवार श्रेष्ठ नेकपा एमालेका राजेन्द्र प्रसाद पाण्डे संग चुनावी प्रतिस्पर्धी थिए । संसद राजेन्द्र प्रसाद पाण्डे चुनाव जितेर गए पनि जनता मुखी नभएको आफ्नै अस्पताल भएर पनि धादिङ्गका जनता कोरोना भाइरस संक्रमणबाट ज्यान जादा सम्म संसद पाण्डेले केही नगरेको उन भनाई थियो ।
धुनिबेशी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले आइसोलेसन समेत समयमा नबनाउदा जनता मारमा परेको भन्दै नगर प्रमुख भएर जनताको फोन समेत रिसिभ नगर्ने नगरप्रमुखले जनता नगरप्रमुखबाट के आशा बिश्वास गर्ने उनले भने । धादिङ्गको धुनिबेशी नगरपालिकामा जरोआउने टाउको दुख्ने ज्यान दुख्ने खोकी लाग्ने कोरोना जस्ता लक्षेण बिमारीहरु धेरै भएको त्यस्का लागि स्थानीय सरकारको पहलमा पिसिआर को दायरा बढाउनु पर्ने बताए । हाल सम्म मधु कुमार श्रेष्ठले करिब ३ सय हराहारी बिमारीको चेक जाँच गरेको बताएका छ्न ।