शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ४३ सांसदको किर्ते हस्ताक्षर लिएर प्रधानमन्त्री पदका लागि ओलीको फेरी दाबी !
भर्खरै

४३ सांसदको किर्ते हस्ताक्षर लिएर प्रधानमन्त्री पदका लागि ओलीको फेरी दाबी !

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा १ सय ५३ सांसदको समर्थन रहेको भन्दै फेरी प्रधानमन्त्रीको दाबी गरेका छन् । नेकपा एमालेको एक सय २१ जना र जनता समाजवादी पार्टीको ३२ जनाको समर्थन आफुलाई रहेको भन्दै राष्ट्रपति निवास शितल निवासमा पुगेर दाबी दिएका हुन् ।

नेकपा एमालेको माधव नेपाल समुहका २७ सांसद र उपेन्द्र यादव र बाबुराम भट्टराई समुहको समेत सांसदको किर्ते हस्ताक्षर गरेर ओलीले १ सय ५३ जना सांसद पुर्याएको पाइएको छ ।

ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले

सार्वजनिक गरेको मत संख्यामा ओलीको पक्षमा १ सय ५३ जना सांसदको हस्ताक्षर रहेको बताइएको छ । तर, नेकपा एमालेका माधव नेपाल समुहका २७ सांसद र जनता समाजवादी पार्टीका बाबुराम उपेन्द्र समुहका १६ सांसदको समेत किर्ते हस्ताक्षर गरेको ओलीमाथि आरोप छ ।

जबकी विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले माधव नेपाल, माओवादी केन्द्र र उपेन्द्र यादव सहितको १ सय ४९ जना सांसदको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए । त्यहाँ देउवा मात्रै थिएनन् उनीसँगै माधव नेपाल, उपेन्द्र यादव र प्रचण्ड समेत उपस्थित छन् । उनीहरु विपक्षी गठनबन्धनमै सामेल भएर शितल निवास पुग्नु अघि नै ओलीले उनीहरुको समेत किर्ते हस्ताक्षर लिएर शितल निवास पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय