सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • अस्पताललाई विरेन श्रेष्ठको १ लाख १ रुपैयाँ सहयोग
Uncategorized

अस्पताललाई विरेन श्रेष्ठको १ लाख १ रुपैयाँ सहयोग

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा न ८ मा अवस्थित मातातिर्थ सामुदायिक अस्पताललाई युवा व्यवसायी एवम् समाजसेवी विरेन श्रेष्ठ द्वारा १ लाख १ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सो सहयोग रकम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा न।८ का वडा अध्यक्ष सन्तोष खड्कालाई हस्तान्तरण गरेका हुन ।

प्राप्त रकम मातातिर्थ सामुदायिक अस्पतालले अस्पतालमा सञ्चालनमा रहेको कोरोना आइसोलेसनलाई व्यवस्थापन र अक्सिजन सहजताका लागि प्रयोग गरिने बताएको छ ।

उक्त सहयोगबाट अस्पतालका बिरामीलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास समासेवी श्रेष्ठले लिएको छ ।

श्रेष्ठले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय