सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अध्यादेशमार्फत शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो
भर्खरै

अध्यादेशमार्फत शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइयो

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं । सरकारले शपथ सम्बन्धी अध्यादेशमार्फत प्रतिज्ञा गर्छु भन्ने शब्द हटाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गर्नुभएको थियो ।

प्रधानमन्त्री ‌ओलीले प्रतिज्ञा गर्छु भन्न अस्वीकार गरेकोमा विवाद भएपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो ।

यस्तै अध्यादेशमा सपथ लिने व्यक्तिले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने बारेमा शपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै

शपथ लिँदा वा शपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ । तर अब आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर पनि शपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय