सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु
भर्खरै

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021
Coronavirus on scientific background

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण ४ हजार २०९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा थप २ लाख ५९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ६० लाख नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका

३५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने केरलामा नयाँ संक्रमितको संख्या ३० हजारभन्दा धेरै छ । महाराष्ट्रमा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा कर्नाटकमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ ।

पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आएको देखिएको छ । यद्यपि, कोरोनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन ।

भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३० लाखमा झरेको छ । भारतमा अहिलेसम्म १९ करोड १८ लाख डोजभन्दा धेरै खोप मानिसहरुलाई दिइसकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय