सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु
भर्खरै

भारतीय लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

भारतीय वायु सेनाको लडाकु विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

मिग–२१ लडाकु विमान विहीबार अबेर राति पन्जाबको मोगा भन्ने स्थान नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनको शव शुक्रबार बिहान फेला परेको छ ।

विमान पश्चिमी क्षेत्रमा नियमित प्रशिक्षणमा थियो । चौधरीले सो लडाकु विमान राजस्थानको सुरतगढबाट उडाएका थिए ।

मिग–२१ लडाकु विमान कुनै एक समय भारतको वायु सेनाको सबैभन्दा भरपर्दो मानिन्थ्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय