शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कोरोना नियन्त्रणका नाममा संकटकाल लगाउने तयारीमा सरकार
भर्खरै

कोरोना नियन्त्रणका नाममा संकटकाल लगाउने तयारीमा सरकार

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ ७, २०७८ | May 21, 2021

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा कोरोना भाइरसको महामारी नियन्त्रणका नाममा सरकारले संकटकाल लगाउने तयारी गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गरेको अध्यादेशमा संकटकालबारे गरिएको व्यवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन।

अध्यादेशमा संकटकाल कुन अवस्थामा लगाउने भन्नेबारे स्पष्ट नभएको एक मन्त्रीले जानकारी दिए। तर यसबारे प्रधामन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग गहिरो छलफल गरेको बुझिएको छ ।

खासगरी संकटकालका बेला कोरोना नियन्त्रणका लागि अक्सिजनलगायत जफत गर्दा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै ओलीले थापासँग सेनाको समन्वयकारी

र सहयोगात्मक भूमिको खोज्नु भएको हो ।

संकटकाल लागेमा सामान्य अवस्थामा प्रचलित उपभोग भएका नागरिक हक र अधिकार पनि प्रभावित हुन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय