काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् । सामाजिक बिहीबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका नेता बादलले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।
उनले चुनावमा आफूलाई मतदान गर्ने बागमती प्रदेशभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई धन्यावाद समेत दिएका छन् ।