शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • राष्ट्रपति विद्यादेवी बाट वैकल्पिक सरकार गठनका लागि आह्वान
भर्खरै

राष्ट्रपति विद्यादेवी बाट वैकल्पिक सरकार गठनका लागि आह्वान

  • सिधा दृष्टी बिहिबार, जेष्ठ ६, २०७८ | May 20, 2021

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान भएको छ । बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भएको हो ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिने निर्णय लिँदै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरेपछि राष्ट्रपतिबाट  नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा दलहरुलाई जेठ ७

गते साँझ ५ बजेसम्मको समय दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय