धादिङ । मुग्लिन–नौबिसे सडकखण्डमा दुईवटा ट्रक एकापसमा ठक्कर खाएर दुर्घटना भएको छ।
उक्त सडकखण्डको बेनिघाट रोराङ गाउँपालिका- ९ हुग्दिखोला पुलको मोडमा दुईवटा ट्रक एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो।काठमाडौं तर्फ आउँदै गरेको ना ६ ख ७७०३ नं को ट्रक र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको लु २ ख ४३५ नं को ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परि
दुवै ट्रकका चालक सामान्य घाईते भएको प्रहरी चौकी मझिमटारका प्रहरी सहायक निरिक्षक नरोत्तम थापाले जानकारी दिनुभयो।