आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु
भर्खरै

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्‍यु

  • सिधा दृष्टी बिहिबार, जेष्ठ ६, २०७८ | May 20, 2021

काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ५ बजे साँझदेखि बिहीबार बिहान साढे १ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३/३ जना बाँके र बर्दिया, १/१ जना दाङ र कैलालीका छन् ।

भेरी अस्पतालमा उपचाररत डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिलाको बुधबार साँझ ५ बजे, खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूषको बुधबार साँझ ५: ४५ बजे र राप्तीसोनारी गाउँपालिका-६

बाँकेकै ५४ वर्षीय पुरुषको बिहीबार नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यस्तै भेरी अस्पतालमै उपचाररत बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूषको बुधाबार साँझ ६:३० बजे, बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूषको बुधबार राति ८:३० बजे र गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिलाको बिहीबार विहान १:१५ बजे मृत्‍यु भएको छ।

भेरी अस्पतालमा उपचाररत तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुषको बुधबार साँझ ७:३० बजे र घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूषको बिहीबार विहान १ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २५६ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २१४ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय