काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहीबार दिउँसो दुई बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा राष्ट्रियसभा उपनिर्वाचन र आगामी बजेटका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल) छन् । कांग्रेस, माओवादी, जसपा लगायतका दलको समर्थनमा माधव नेपाल पक्षका खिमलाल देवकोटा पनि उम्मेदवार बनेका छन् । प्रधानमन्त्री ओलीले बादलको पक्षमा भोट हाल्न भने पनि नेपाल पक्षले
असहयोग गरेको ओली पक्षको बुझाइ छ ।