कोरोना संक्रमितको प्रभावकारी औषधिको रूपमा प्रयोेग हुँदै आइरहेको ‘रेम्डिसिभिर’ अब नेपालमा नै उत्पादन हुने भएको छ । नेपाल औषधि उत्पादक कम्पनीले एक महिनाभित्र नेपालमा नै रेम्डिसिभिर उत्पादन गर्ने भएको हो ।
नेपाल औषधि उत्पादक संघका अनुसार स्वदेशमै रेम्डिसिभिर उत्पादनका लागि परीक्षण पास भइसकेको छ । स्वदेश मै उत्पादन हुने उक्त औषधि अन्य देशको तुलनामा सस्तो हुन आउने संघका महासचिव विप्लब अधिकारीले जानकारी दिनुभयो ।
यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो
। अहिले औषधि व्यवस्था विभागले रेम्डिसिभिर बंगलादेशबाट आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ ।
अहिले अन्य देशबाट ल्याइएको ‘रेम्डिसिभिर’ सरकारले ४ हजार ९ सयमा वितरण गर्न निर्देशन दिएको छ । नेपालमै रेम्डिसिभिर उत्पादन हुने भएपछि कोरोना संक्रमितको उपचारमा सहज हुने विश्वास गरिएको छ ।