सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी प्रदेशमा दीपक मनाङेसहित ५ जना मन्त्री नियुक्त
भर्खरै

गण्डकी प्रदेशमा दीपक मनाङेसहित ५ जना मन्त्री नियुक्त

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् ।

बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित गरे ।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री थिए ।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय