सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु
भर्खरै

सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली गारेर घाइते भएका प्रतापुर गाउँपालिका- ६,  अभिनास रजभरको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

नेपाल-भारत सीमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो । पश्चिम नवलपरासीका डीएसपी राजु लामाका अनुसार गोली लागेर घाइते भएका रजभरको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लगिएकोमा त्यहाँ उनको मृत्यु भएको थियो । उनको तिघ्रामा गोली लागेको थियो

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द गरिएको अवस्थामा उनी भारत जान खोज्दा सुरक्षाकर्मीले रोकेपछि झडप भएको हो । सशस्त्र प्रहरीका अनुसार सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान आएका स्थानीयलाई सीमामा रोकेपछि सुरुमा स्थानीयसँग भनाभन भएको थियो । पछि उनीहरूले गाउँबाट व्यक्तिलाई बोलाएर ढुंगामुढा गरेपछि झडप भएको हो ।

अश्रुग्यास प्रहार गर्दा पनि भिड नियन्त्रणमा नआएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । स्थानीयको आक्रमणबाट नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सई) शंकर बुढाथोकी घाइते भएका भएका छन् ।

स्थानीयले भने सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय