सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्वास्थ्यसामाग्री लिन निगमको जहाज शनिबार सिंगापुर जाने
भर्खरै

स्वास्थ्यसामाग्री लिन निगमको जहाज शनिबार सिंगापुर जाने

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजले आगामी शनिबार सिंगापुर गई स्वास्थ्यसामाग्री ल्याउने भएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्यसामग्री लिन निगमले जहाज पठाउन लागेको हो।

शनिबार बिहान ८ बजे उडान गर्ने र सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्यसामग्री ल्याउने तयारी निगमको छ। निगमले केही दिनयता चीनबाट दुई हजार ३३५ अक्सिजन सिलिण्डर र ओमानबाट ५६० अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय