सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चीनको सिचुवान प्रान्तले दिएको मेडिकल सामग्री नेपाल आइपुग्यो
भर्खरै

चीनको सिचुवान प्रान्तले दिएको मेडिकल सामग्री नेपाल आइपुग्यो

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको मेडिकल सामग्री त्रिभुवन विमानस्थलमा आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले यसको जानकारी दिएको हो । आज सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विमानस्थलमा सिचुवान एयरलाइन्सको यो उडानसहित एक दर्जन अन्तर्राष्ट्रिय हवाई उडानको तालिका छ । यसमध्ये नेपाल एयरलाइन्सले भारतीय नागरिक लैजान साउदीमा दुई उडान गर्दैछ ।

मंगलबार त्यहाँ पुगेका हिमालय र नेवानिका जहाज आज काठमाडौं आएका छन् । आज नेपाल एयरलान्सको एक

जहाज कार्गो ल्याउन चीनको सेन्जेन जाँदैछ । चीनको बेइजिङमा रहेको नेवानिको अर्को जहाज आजै काठमाडौं आइपुग्ने छ ।

भारतको राजधानी नयाँ दिल्लीबाट समेत एक उडानलाई चार्टर्ड अनुमति दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय