आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सुरक्षाकर्मीको गोली लागी सीमा नाकामा एक घाइते
भर्खरै

सुरक्षाकर्मीको गोली लागी सीमा नाकामा एक घाइते

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

नवलरासी। पश्चिम नवलरासीमा सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवक घाईते भएका छन् । प्रतापपुर गाउँपालिका–६ कठहवामा सशस्त्र प्रहरीले चलाउदा सोही स्थानका २२ वर्षीय अभिनाश राजभर घाइते घाइते भएका हुन् । उनको खुट्टामा गोली लागेको छ ।

नेपाल–भारत सीमानजिकै स्थानीय युवा र सुरक्षाकर्मीबीच विवाद हुँदा गोली चलेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताएका छन् । घाइते राजभरको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।

कोरोनाले नेपाल–भारत सीमानाका बन्द रहेको अवस्थामा भारत जान

खोजेपछि सुरक्षा प्रहरी र राजभरबीच विवाद भएको थियो । सोही विषयमा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा सशस्त्र प्रहरीका नायब निरीक्षक शंकर बुढाथोकीसमेत घाइते भएका छन् । स्थानीयले भने सुरक्षाकर्मीले बिनाकारण आफूहरु माथि गोली चलाएको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय