बुटवल । रुपन्देहीमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ८ जनामध्ये ६ जना रुपन्देहीका हुन् भने पाल्पा र नवलपरासी पश्चिमका एक–एकजना हुन् ।
बैसाख २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी बुटवल १३ की ८० वर्षिया महिलाको बुधबार बिहान ६:५८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
गौतमले बताए ।
यस्तै तिनाउ गाउँपालिका–६ पाल्पाकी ६० वर्षीया महिलाको मंगलबार साँझ ४:२० बजे, बुटवल–१३ का ५२ वर्षिय पुरुषको मंगलबार साँझ ७:१० बजे र बुटवल– ७ का ६० वर्षीय पुरुषको बुधबार बिहान ७:३० बजे बुटवल धागो कारखानाको कोभिड अस्पतालमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुषको मंगलबार राति १२:४० बजे, वैशाख २५ गते भर्ना भएका रामग्राम–६ नवलपरासीका ४६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधबार बिहान १ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलले जानकारी दिए ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३७४ पुगेको छ ।