काठमाडौं । चन्द्रागिरी नगरपालिकाका स्थानीय मनकारी युवा व्यवसायी एवं समाजसेवी तथा ट्रिफरसंघको नव निर्वाचित सह सचिव राजन श्रेष्ठले स्वास्थ्य साम्रगी र नगद सहयोग प्रदान गरेका छन् ।
थानकोट गोदाममा रहेको प्राथमिक अस्पतालको आइसोलेसनको लागि नगद रु १०००० र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
साथै उनले प्राथमिक अस्पताललाई डिसइन्फेक्सन पनि गरिदिएका छन् ।
नगरस्तरमा बनेको चन्द्रागिरि - ८ को ३३ सैयाको आइसोलेसन सेन्टरमा अक्सिजन प्लान्टको लागि नगद ५००० सहयोग गरेको वडा अध्यक्ष सन्तोस खड्काले बताए।