शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सिधादृष्टि अनलाइनका अध्यक्ष राउतबाट स्वास्थ्य सामाग्री सहयोग
भर्खरै

सिधादृष्टि अनलाइनका अध्यक्ष राउतबाट स्वास्थ्य सामाग्री सहयोग

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

काठमाडौं । सिधादृष्टि अनलाईनका सञ्चालक तथा अध्यक्ष सारिका राउतले कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा योगदान गर्ने उदेश्यले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । अध्यक्ष राउतले बलम्बु अस्थायी आइसोलेसन व्यवस्थापन समितिका लागि पीपीई, मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।

सञ्चार माध्यमको काम जनतालाई सूसुचित गराउने भएपनि सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताका लागि यो महामारीमा जुध्न सहयोग पुगोस भन्ने उदेश्यले सानो भएपनि सहयोग गरेको अध्यक्ष राउतले बताउनु भयो । सहयोग सामाग्री समितिका अध्यक्ष विकास महर्जन लाई हस्तान्त्ररण गर्नु भयो

। कार्यक्रममा समितिका कोषाध्यक्ष अष्ट महर्जन, सचिव सम्पूर्ण महर्जनका साथै नेपाल तरुण दल चन्द्रागिरि नगर समिति प्रचार प्रसार विभागका प्रमुख अभिषेक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष राउत सामाजिक क्षेत्रमा क्रियाशील संस्था सद्भाव नेपालका सदस्य, चन्द्रागिरि नगर युवा सजगता अभियानका कोषाध्यक्ष समेत हुनु हुन्छ । पछिल्लो समय उहां सञ्चार क्षेत्रका साथै सामाजिक काममा पनि उत्तिकै क्रियाशील रहनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय