सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रिमियर लीगमा उपाधि विजेता म्यानचेष्टर सिटी ब्राइटनसँग पराजित
भर्खरै

प्रिमियर लीगमा उपाधि विजेता म्यानचेष्टर सिटी ब्राइटनसँग पराजित

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

इंग्लिस प्रिमियर लीग फूटबलमा उपाधि विजेता म्यानचेष्टर सिटी पराजित भएको छ ।

प्रिमियर लीगमा गएराति ब्राइटनले १० खेलाडीमा सीमित च्याम्पियन सिटीलाई ३–२ ले स्तब्ध पारेको हो । ब्राइटनको मैदानमा सिटीले दोस्रो मिनेटमै इल्के गुण्डोगानको गोलसँगै अग्रता बनाएको थियो ।

त्यसपछि १०औं मिनेटमा जोआ कान्सेलोले रेड कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो । ४८ औं मिनेटमा फिल फोडेनले सिटीको अग्रता दोब्बर पारेका थिए । तर त्यसपछि ब्राइटनले लगातार तीन गोल थपेको थियो ।

उसका लागि ५०औं मिनेटमा लियन्ड्रो ट्रोसार्ड,

७२औं मिनेटमा एडम वेबष्टर र ७६ औं मिनेटमा डान बर्नले गोल गरे । सिटीले यसअघि नै उपाधि पक्का गरिसकेको छ । १५औं स्थानको ब्राइटनले ३७ खेलबाट ४१ अंक जोडेको छ ।

प्रिमियर लीगकै अर्को खेलमा चेल्सीले लेष्टर सिटीमाथि २–१ को जित निकाल्यो । घरेलु मैदानमा चेल्सीका लागि एन्टोनियो रुड्रीगेर र जर्जिन्होले गोल गरे । लेष्टरकातर्फबाट केलेची इहनाचोले गोल फर्काए ।

जितसँगै ३७ खेलबाट ६७ अंक जोड्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । यस्तै लिड्स युनाइटेडले साउथह्याम्टनलाई २–० ले हराउँदा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले रेलिगेशन जोनको फूलह्यामसँग ११ गोलको बराबरी खेल्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय