सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा
भर्खरै

महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा

  • सिधा दृष्टी बुधबार, जेष्ठ ५, २०७८ | May 19, 2021

तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कार्यालयका डिएस्पी युवराज तिमिल्सिनाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ, थप विवरण अनुसन्धानपछि आउँछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय