आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शेयर बजारले कायम गऱ्यो नयाँ कीर्तिमान
भर्खरै

शेयर बजारले कायम गऱ्यो नयाँ कीर्तिमान

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

पछिल्ला दिन क्रमशः उकासिइरहेको शेयर बजारले मंगलबार हालसम्मकै रेकर्ड ब्रेक गरेको छ । साताको तेस्रो दिन नेप्से परिसूचक र कारोबार दुवै अंकले नयाँ रेकर्ड कायम गरेका छन् । प्रधानमन्त्री केपी ओली पुनः प्रधानमन्‍त्री नियुक्त भएपछि सेयर बजारमा उछाल देखिएको हो ।

मंगलबार सेयर बजार परिसूचक ३४.५३ अंकले बढेर सूचक २८ सयनजिक पुगेको छ । आज उक्लिएको २७९३.७४ विन्दु अहिलेसम्मकै उच्च हो । त्यसैगरी आज ११ अर्ब ३५ करोड बढीको कारोबार भएको छ ।

मंगलबार हाइड्रो, पर्यटन तथा होटल,

विकास बैंक, फाइनान्स र जीवन विमातिर विशेष आकर्षण देखिएको छ । तीन दिनमा झन्डै सय अंकले बजार बढ्दा पनि लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर खासै बढेको छैन । राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना रहेको विज्ञहरु बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय