आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मोरङमा अस्पतालको आकस्मिक कक्षमै स्वास्थ्यकर्मी कुटिए, दुई जना पक्राउ
भर्खरै

मोरङमा अस्पतालको आकस्मिक कक्षमै स्वास्थ्यकर्मी कुटिए, दुई जना पक्राउ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

मोरङ । मोरङको एक अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको हो ।

सोमबार राति पेट दुखेर अस्पताल भर्ना भएकी बूढीगङ्गा–२ की वृद्धा गोमादेवी श्रेष्ठको उपचारमा ढिलाई भएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो ।

कुटपिटमा संलग्न रहेको आरोपमा बूढीगङ्गा–२ का निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अरु दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी

दिनुभयो ।

प्रहरीका अनुसार आक्रमण भएका बेला चिकित्सक र स्वास्थ्यकर्मी दुर्घटनाका दुई जना गम्भीर घाइतेको उपचारमा व्यस्त थिए । तर उनीहरुले आफूहरूको बिरामीलाई छिटो उपचार गर्नुपर्ने भन्दै आक्रमण गरेका हुन् ।

उपचार गर्दै गरेका चिकित्सकलाई आक्रमण भएपछि गम्भीर अवस्थाका बिरामीले केहीबेर उपचारसमेत पाउन सकेनन् । उपचारकै क्रममा दुर्घटनाका एक जना घाइतेको मृत्युसमेत भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय