सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सवारी दुर्घटनामा परी एक युवकको मृत्यु
भर्खरै

सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

कपिलवस्तुको वाणगंगा नगरपालिकामा आज बिहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पसनजिकै बुड्चीमा भएको दुर्घटनामा परी वडा नं १ बस्ने ४३ वर्षीय विनोद मल्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ८६९० नम्बरको ट्रकले मल्ल सवार स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते बनेका मल्ललाई उपचारका लागि प्रादेशक अस्पताल बुटवलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक नियन्त्रणमा आइसकेका छन्

। उनीहरुविरुद्ध ज्यानमारा मुद्धा दर्ता भइसकेको इलाकामा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय