शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गरुडाका वडाध्यक्ष यादवको मृत्यु
भर्खरै

गरुडाका वडाध्यक्ष यादवको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

रौतहटको गरुडा नगरपालिकाका एक वडाअध्यक्षको मृत्यु भएको छ । गरुडा नगरपालिकाको वडा नं. ७ का वडाअध्यक्ष रामईश्वर राय यादवको उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहटमा पछिल्लो समय विभिन्न रोगले नागरिक आक्रान्त छन् । कोरोनाको त्रासदी पनि यहाँ भयावह छ । यस क्रममा बिमार परेका वडाअध्यक्ष यादवलाई उपचारका लागि १५ दिनअघि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा ५५ वर्षीय यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

जटिल स्वास्थ्यावस्थाकै बीच वडाअध्यक्ष यादवको सोमबार बेलुका निधन

भएको गरुडा नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय