सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कलैयामा दुई बालकको घाँटी रेटेर हत्या
भर्खरै

कलैयामा दुई बालकको घाँटी रेटेर हत्या

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ ।

कलैया उपमहानगरपालिका-७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो ।

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।

आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन्

हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि  वेपत्ता थिए । गफार मियाका दुवैजना छोराको शव हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत  घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय