आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • निषेधाज्ञा अवधिमा मूल्यवृद्धि गरेपछि बजार अनुगमन तीव्र
भर्खरै

निषेधाज्ञा अवधिमा मूल्यवृद्धि गरेपछि बजार अनुगमन तीव्र

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ ४, २०७८ | May 18, 2021

धादिङमा कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणको लागि लागु गरिएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि बजार अनुगमन तीव्र पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग विकास कार्यालयलगायतको संयुक्त टोलीले धादिङबेसी बजार क्षेत्र र पृथ्वीराजमार्गका बजारहरुमा अनुगमन गरेका छन् । टोलीले खाद्यान्न, फलफुल, तरकारी थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।

धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाको बजार, गजुरी गाउँपालिकाको गजुरीबजार र ज्वालामुखी गाउँपालिकाको सांधभज्याङ क्षेत्रका पसलहरुको

अनुगमन गरिएको छ । कोरोना संक्रमणको महामारीमा खाद्यवस्तुमा मिसावट, मूल्यवृद्धि, अखाद्य बस्तुको बेचबिखच भएका कारण बजार अनुगमन गरीएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

निषेधाज्ञाको समयमा व्यापारीले खाद्यान्नका सामग्री चामल, दाल, तेल लगायतका खाद्य वस्तुलाई महँगो मूल्य असुल गर्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । व्यापारीहरुले गोदाममा रहेका र निषेधाज्ञाअघि ल्याएका सामानहरुलाई पनि मुल्य बढाएर बिक्री गर्ने गरेका स्थानीयको जिकिर छ ।

नियमित आम्दानीको स्रोत नहुने र दैनिक ज्यालामजदुरी गरी हातमुख जोड्नुपर्ने बाध्यतामा रहेकाहरुलाई मुल्यवृद्धि हुँदा निकै अप्ठेरो परेको छ । अनगुमनको क्रममा मूल्यसूची कुनै पनि पसलमा नराखिएको, म्याद नाघेका अखाद्य बस्तु राखिएको, केही पसलहरुले दर्ता पनि नगरेको पाइएको छ ।

टोलीले अनुगमन गरेका फर्महरूमा तत्काल मूल्यसूची राख्न, साइनबोर्ड राख्न, बिल लिन दिन, म्याद गुज्रिएका सामग्री नराख्न, अनुमति नभएका सामग्री बिक्री नगर्न, इजाजत लिएर मात्र कारोबार गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय