काठमाडौँ । पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले देशभरको मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले आज दिनभर मौसममा बदली हुने र ठाउँठाउँमा वर्षाको सम्भावना रहेको छ ।
‘अहिले देशभर सामान्यदेखि पू्र्ण बदली रहेको छ । यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको देखिन्छ। देशको पश्चिमका केही स्थानमा अहिले हल्का वर्षा भैरहेको छ,’ महाशाखाले भनेको छ।
आज दिउँसो देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा
मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बुधबार र बिहीबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।