शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ
भर्खरै

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३, २०७८ | May 17, 2021

भारतको पश्चिम बङगालमा नारदा स्टिङ घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेका एएनआईले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् ।

राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएको बुझिएको छ । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै

मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुगेकी थिइन्, जुन सन्दर्भबारे भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर समाचार सम्प्रेषण गरेका छन् ।

सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ । पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको अभिव्यक्ति दिएका छन् । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर पनि प्रश्न गरेका छन् ।

विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बबताएका छन् । सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टिङ अपरेशनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय