सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • स्पेनिश ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना
भर्खरै

स्पेनिश ला लिगाको उपाधि होडबाट बाहिरियो बार्सिलोना

  • सिधा दृष्टी सोमवार, जेष्ठ ३, २०७८ | May 17, 2021

एजेन्सी । बार्सिलोना ला लिगा फुटबलको यो सिजनको उपाधि होडबाट बाहिरिएको छ ।

आइतबार राति सेल्टा डी भिगोसंग पराजित भएसँगै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो ।

सेल्टा डी भिगोले बार्सिलोनालाई उसैको मैदानमा २–१ ले हराइदिए पछि बार्सा यो वर्षा ला लिगाको तेस्रो स्थानमा रहँदै यो सिजन सकाउने भएको छ ।

लियोनल मेस्सीको हेड गोल गर्दै टोलीलाई २८औँ मिनेटमा अग्रता दिलाए पनि त्यसलाई जोगाइ राख्न नसक्दा बार्सिलोना पराजित भएको हो ।

३८औँ मिनेटमा सेल्टा डी सान्टी मिनाको गोलमा भिगोले गर्‍यो ।

खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।

पराजित बार्सिलोना ७६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।दोस्रो स्थानको रियल ८१ अंकसहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंकसहित शीर्ष स्थानमा छ । सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय