एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वान फुटबलमा शानदार जित निकालेको छ ।
आइतबार राति पीएसजीले घरेलु मैदानमा रिम्सलाई ४–० को फराकिलो अन्तरले हराएको छ ।
पीएसजीको जितमा नेयमार, केलियन एम्बाप्पे, मार्कुन्होस र मोईस केनले एकएक गोल गरे ।
जितसँगै पीएसजीले लिग वानको उपाधि होडमा कायमै राखेको छ । उपाधिको छिनोफानो भने अब अन्तिम खेलले लगाउने छ ।
पीएसजी ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक अंक बढी रहेको लिली शीर्ष स्थानमा छ । पीएसजीसंग पराजित रिम्स ४२
अंकसहित तालिकाको १३औँ स्थानमा छ ।