इजरायलले गाजापट्टीमा एक सातायताकै सबैभन्दा भीषण हमला गरेको छ । हमलामा परेर आइतबार कम्तिमा ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ भने कम्तिमा दुईवटा आवासीय भवन ध्वस्त भएका छन् । दर्जनौ घाइते छन् ।
मासका प्रमुख येया अल सिन्वारको घरलाई पनि निशाना बनाएर आक्रमण गरिएको यस समूहले जनाएको छ । आइतबारै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण बल प्रयोग गरेर आक्रमण जारी राख्ने घोषणा गरेका थिए । यता, इजरायलको तेल अभिभमा हमासको रकेट हमलाबाट बच्न स्थानीयहरु आश्रयस्थलमा भेला भएका छन् । रकेटको
आगोको झिल्का शहरमा फैलिएपछि स्थानीय त्रस्त बनेका हुन् ।
गत साता इजरायलको गाजापट्टीमा ५५ बालबालिका र ३३ महिलासहित कम्तिमा १ सय ८८ जनाको मृत्यु भएको थियो । १ हजार २ सयभन्दा धेरैजना घटनामा घाइते भएका छन् । त्यस्तै आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाले कम्तिमा १३ जना प्यालेस्टाइनीलाई मारिसकेको छ ।
इजरायलमा पनि दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ । सन् २०१४ यता इजरायल र प्यालेस्टाइनबीच यति लामो समयसम्म युद्ध चलेको यो पहिलोपटक हो । यस तनावका विषयमा आइतबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा छलफल हुँदैछ ।