काठमाडौ । नेपाली कांग्रेसकी नेतृ एवं समाजसेवी डा. आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट जडान र सिलिण्डरका लागि १० लाख रुपैया सहयोग गरेकी छन्
उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा राणाले १० लाख रुपैया सहयोग गरेकी हुन् । सूदुरपश्चिम प्रदेशमा अहिले चरम अक्सिजनको अभाव भैरहेको छ ।
कोरोनाका विरामीलाई उपचारका लागि अक्सिजन अभाव हुदा त्यहाँबाट अन्यत्र उपचारको लागि पठाउनु पर्ने बाध्यता छ ।
धनगढी उपमहानगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट बनाउनको लागि
कोष खडा गरेको थियो । उक्त कोषमा राणाले १० लाख सहयोग गरेकी हुन् ।
उनले यसअघि पनि सूदुरपश्चिम क्षेत्रमा कोरोनाको मारमा परेकाहरुलाई राहत वितरण गर्दै आएकी छन् ।
नगरपालिकाले विभिन्न व्यक्तिहरुसँग उक्त कोषको लागि सहयोग अह्रवान गरेको छ । रकम जुट्नासाथ अक्सिजन प्लान्ट जडानको काम सुरु हुने बताइएको छ ।